कतारको समय[time of qatar]नेपालको समय[time of nepal] Welcome to www.doha-qatar.page.tl

keshavjasper

“दीपेन्द्र ढलिसक्दा पनि गोली चल्दै थियो”

June 9, 2007 “दीपेन्द्र ढलिसक्दा पनि गोली चल्दै थियो” Filed under: दरबार हत्याकाण्ड — Administrator @ 12:27 am महेन्द्र मञ्जिलको खोपीमा पुगेर कोठाको लुगा मिलाउँदै थिएँ। त्यसैबेला अचानक पटाका पड्केको जस्तो आवाज आयो। त्यसबेला साँझको त्यस्तै नौ सवा नौ बजेको थियो होला। पहिले त मैले वास्तै गरिनँ। अधिराजकुमार सरकारहरु कसैले पार्टीको खुसियालीमा पटका पड्काइबक्सेको होला भनेर सोचेँ। तर जब दुई-तीन पटका पड्क्यो, त्यसपछि भने शंका लाग्यो। नजिकैको झ्यालको पर्दा खोलेर त्रिभुवन सदनतिर हेरेँ, त्यहाँ त दौडादौड र रुवाबासी चलिरहेको थियो। दीपेन्द्र सरकार मेसिनगन बोकेर यताउति गरेको देखेँ। त्यसबेला मैले अरु केही सोचिनँ, श्रीमानलाई सम्झेर आत्तिएँ। किनकि त्यसबेला श्रीमान् त्रिभुवन सदनको विलियार्ड बैठकमा महाराजधिराज सरकारहरुलाई रक्सी लगायत खानेकुराहरुको प्रबन्ध गर्दै होइसिन्थ्यो। उहाँलाई सम्झेर मेरो होसहवास नै रहेन। त्यहाँबाट भागे पनि हुन्थ्यो जस्तो लाग्यो। तर भर्याङ उत्रिएर जाने अवस्था थिएन, अनुमति थिएन। हातपाउ पूरै गलेर आयो। हे भगवान् भन्दै त्यही बसेँ र झ्यालको पर्दा चियाएर घटनास्थलतर्फ हेर्न थालेँ। यस्तै बेलामा नीराजन सरकारबाहिर निस्केर बगैँचातिर दौडिबक्स्यो। तर केही हात पर पुग्न नपाई गोली लागेर ढलिबक्स्यो। पर्दाबाट चियाएर हेरेँ, गोली हान्ने दीपेन्द्र सरकार नै होइबक्सन्थ्यो। अब भने म दोधारमा परेँ। के भइरहेको हो भनेर अनुमानै गर्न सकिनँ। किनकि त्यहाँ मैले दुई जना दीपेन्द्र सरकार देखेँ। एउटा त्रिभुवन सदनको बिलियार्ड बैठकको ढोका भित्र-बाहिर गर्ने, अर्को बगैँचामा नीराजन सरकारलाई गोली चलाउने। त्यति नै बेला बडामहारानी सरकार बाहिर निस्किबक्स्यो। उहाँलाई पनि गोली हानियो, लगातार तीनचार पटक नै। गोली लागेर उहाँको शरीर तीनचार फुट माथि उडेको देखेँ। त्यो देखेपछि त मेरो मुटु नै काम्यो। यता बगैँचामा ऐश्वर्य सरकारलाई गोली हानिएकै बेला बैठक कोठाभित्र पनि गोली चलिरहेको थियो। मलाई लाग्छ, भित्र अर्को मान्छेले श्रुति सरकार, शान्ति सरकार, गोरखहरुलाई गोली हानिरहेको थियो। दुईतिरको लगातारको गोलीको आवाज र रुवाबासीपछि दीपेन्द्र सरकार त्रिभुवन सदन मै रहेको खोपीबाट दौडदै बगैँचातिर निस्की बक्स्यो। उहाँलाई देखेपछि पो झसङ्ग भएँ, कुन चाहिँ असली दीपेन्द्र सरकार हो भनेर छुट्याउन गार्हो भयो। तर बिलियर्ड बैठक पुग्न नपाउँदै उहाँलाई बगैँचा मै गोली हानियो, दुइटा पोखरीको पुलको बीचमा। उहाँ ठाउँको ठाउँ ढलिबक्स्यो। त्यसपछि पो मैले थाहा पाएँ, अघि उहाँकै भेषको मुकुण्डो भिरेर गोली चलाउनेहरु षड्यन्त्रकारी हत्यारा हुन् भनेर त्यो देखेपछि भने मलाई भनन भएर रिँगटा लाग्यो। म बेहोस भएर ढलेछु। त्यसपछि मलाई केही थाहा भएन। ब्युँझदा म आफ्नै क्वाटरको बेडमा मुमा, बहिनीहरुबाट घेरिएकी रहिछु। ब्युँझेपछि मात्रै थाहा भयो, घटनामा मेरोसमेत सिन्दुर पुछिएको रहेछ। देउता जस्ता आफ्ना पति परमेश्वरलाई अनाहकमा गुमाएकी रहिछु। दीपेन्द्र सरकारको अनुहारसँग मिल्ने मुकुण्डो लगाएका मानिसहरुले राजदरबार हत्याकाण्ड मच्चाएका हुन् भनेर मैले भन्दा तपाईँलाई पत्यार लागेन होला। यो कुरा मेरा आफ्नै आँखाले देखेको सत्य हो। यो कुरा डा राजीव शाही र एडीसी गजेन्द्र बोहोराले समेत हत्याकाण्ड छानबिन समितिसँगको आफ्नो बयानमा स्वीकारेका छन्। तपाईँले प्रतिवेदन हेर्नु भए पनि हुन्छ। अब तपाईँ आफै अनुमान गर्नुस् दीपेन्द्र सरकार गोली लागेर ढलिसकेपछि पनि गोली चलाउनेहरु मुकुण्डोधारीहरु नभएर अर्को को थियो ? स्मरणीय छ, श्री ५ दीपेन्द्रका अंगरक्षक गजेन्द्र बोहोराले छानबिन आयोगलाई दिएको बयानमा युवराजधिराज दीपेन्द्र सरकार ढलिसक्दा पनि गोली चलिराख्या थियो भनेका छन्। साथै उनले दीपेन्द्रको लाश छेउमा कुनै हतियार पनि नभएको पुष्टि गरेका छन्। यसबाट दीपेन्द्रले आत्महत्या गरेका होइनन् भन्ने शान्ता दिदीको भनाइ पुष्टि भएको छ। प्रतिवेदनको पेज ५५ पल्टाउँदा छानबिन समिति र गजेन्द्र बोहराबीच भएको सवाल जवाफको अंश यस्तो छ- समितिः युवराजाधिराज सरकारको शरीर कहाँनेर ढलिरहेको थियो ? जवाफः दुईवटा पोखरीको बीचमा भएको पुलको साउद-इस्ट कर्नरमा थियो । बडी उत्तानो थियो । समितिः त्यहाँ हतियार पनि थियो कि ? जवाफः कुनै हतियार थिएन । समितिः तपाईले आवाज सुनेर जाँदा युवराजाधिराज सरकारलाई बगैंचातिर देखेको कुरा भन्नुभयो, त्यसपछि गोली चलेको पछि सुन्नुभयो कि भएन ? जवाफः गोली चल्दैथियो, म पछि फर्केर डोर-वेमा आइपुग्दासम्म पनि गोली चल्दै थियो । (कृष्ण अविरलद्वारा लिखित सत्यघटनामा आधारित उपन्यास रक्तकुण्डबाट। रक्तकुण्डका लेखकसित यसै विषयमा गरिएको कुराकानी भिडियो ब्लगको रुपमा आगामी प्रस्तुति। हेर्न नभुल्नु होला) त्यो रात राजदरबारमा के भएको थियो ? Filed under: दरबार हत्याकाण्ड, यता-उताबाट — Administrator @ 4:17 am त्यस दिन अर्थात् जेठ १९ गते शुक्रबार मध्यरातमा राजधानीका धेरैजसो टेलिफोनहरूमा एकैपटक घण्टी बजे। टेलिफोन घण्टीहरू ठूलाबडाको घरमा मात्र बजेनन्, सामान्य जनताको घरमा पनि बजे। मध्यरातको टेलिफोनको घण्टी ‘अनिष्टको संकेत’ मानिने भएकोले मानिसहरूले मध्यरातमा त्यस्तो खबर सुन्नु नपरोस् भनेर त्यस्तो टेलिफोन हतपति नउठाउने चलन छ। त्यस दिन पनि त्यस्तै भयो। टेलिफोनका घण्टीहरू बजिरहे। मानिसहरूले सुनेको नसुन्यै गरिरहे, तर त्यसै क्रममा अकस्मात राजधानीको आकाशतिर राति करिब १ बजेतिर हेलिकप्टर उडेको आवाज आयो। मध्यरातमा मस्त निद्रामा रहेको बेला घण्टी बजाउने टेलिफोनलाई नटेरेर सुतिरहेका मानिसहरूलाई हेलिकोप्टरको आवाजले सुत्न दिएन। लगभग एकै पटक टेलिफोनको घण्टी बज्नु र हेलिकोप्टरले राजधानीको सुनसान आकाशमा चक्कर काट्नुले मानिसहरूको मनमा कता कता चिसो पसायो। प्रायः सबैलाई हेलिकोप्टरले जगायो। त्यसपछि राजधानीका ठूलाबडाहरूको मात्र होईन, र्सवसाधारण मानिसहरूको टेलिफोन पनि एकाएक व्यस्त भए। र, साँच्चै मानिसहरूलाई फेरि पनि जबर्जस्ती स्वीकार गर्नुपर्यो कि मध्यरातको टेलिफोनको घण्टी ‘अनिष्टको संकेत’ नै हुँदो रहेछ। त्यो मध्यरातमा बजेको टेलिफोनको घण्टीले पनि एउटा अत्यन्तै दर्दनाक घटनाको खबर बोकेको रहेछ। त्यो दर्दनाक घटना थियो- नेपालको सर्वोच्च पदमा आशिन श्री ५ महाराजाधिराजको निवास नारायणहिटी राजदरबारभित्र भएको हत्याकाण्ड। त्यतिबेला उडेको हेलिकोप्टरको आवाजले दिएको संकेत पनि त्यही रहेछ। त्यो हेलिकोप्टर केही दिनअगाडिदेखि पोखरामा रहिबक्सेका श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई आकस्मिकरुपमा राजधानी ल्याउनको लागि त्यसरी मध्यरातमा हेलिकोप्टर उडाईएको एक पटक उडेको हेलिकोप्टर पोखरा उत्रन नसकेर राजधानी फर्किएको बताईन्छ। उता यो खबर सुन्नासाथ मोटरबाटै राजधानी सवारी होईबक्सेका अधिराजकुमार श्री ५ ज्ञानेन्द्रलाई पछि गजुरीको सैनिक ब्यारेकबाट अर्को हेलिकोप्टरबाट राजधानी ल्याईएको बताईन्छ। गोलीको आवाजबाट तर्सिनेहरू उनीहरू त्यतिबेला खाना खाँदै थिए, अचानक गोलीको आवाज आयो, एक दुई पटक होईन, पटट गर्दै २०-३० पटकसम्म। त्यसपछि उनीहरू हतारिंदै घरबाहिर आए। गोली चलेको लगत्तै पछि फेरि लगातार १०-२० पटकसम्म गोली चलेको आवाज आयो। ‘पहिले एकैपटक पटट… ट गर्दै आवाज आएको थियो भने पछि अलगअलग ढंगले गोलीको आवाज आयो। करिब ४५ सेकेन्डको फरक पारेर आएका यी दुईवटा गोलीको आवाज सुन्दा गोली दुईवटा फरक फरक ढंगका बन्दुकले चलेको हुनुपर्छ’ राजदरबार वरपरबाट गोलीको आवाज सुन्नेहरू भन्छन्। गोलीको आवाज सुनेपछि स्थानीय मानिसहरूको मनमा चीसो पस्यो। तर दरबारको सुरक्षाकर्मीले पहिले पहिले पनि कहिलेकाहीं त्यसरी फायरिङ गर्ने गरेकाले मानिसहरूले त्यस्तै होला भनेर शान्त भए। तर उनीहरूको मन शान्त हुन नपाउँदै तुरुन्तै एम्बुलेन्सका साईरनहरू सुनिन थाले। गाडीहरूको बेतोडको हँकाईसहितको आवाज प्रहरीको एकोहोरो सिटी फुकाईले मानिसहरूको मनलाई शान्त हुनै दिएन। उनीहरू सम्भावित आशंकाले छटपटाउन थाले। त्यसपछि शुरु भएको टेलिफोनको एकोहोरो टिनटिन धेरैबेरसम्म रोकिएन र त्यसपछि दरबार अगाडिका धेरै टेलिफोनहरू एकाएक व्यस्त भए। त्यसो त विश्व ईतिहासमै अत्यन्तै दर्दनाक घटनाको रुपमा गत शुक्रबार सवा ९ बजे नारायणहिटी राजदरबारमा घटेको उक्त घटनापछि राजधानी शुक्रबार राति नै स्तब्ध र आतंकित बन्न पुग्यो। श्री ५ को सरकारले यो घटनालाई शनिबार दिउँसोसम्म गुपचुप राख्यो, तर पनि राजधानीबासीहरूले शुक्रबार राति नै त्यो दर्दनाक घटनाको बारेमा चाल पाईसकेका थिए। र, घटनाको बारेमा अनेक किसिमका अड्कलबाजीहरू, संभावनाहरूको बारेमा आ-आफ्नै किसिमले तर्क वितर्कहरू गरिरहेका थिए। कतिपय व्यक्तिहरू अहिले बाहिर आईरहेको समाचारमा उल्लेख गरिएझैं त्यो घटना तत्कालीन श्री ५ युवराज दीपेन्द्रका कारण घटेको आशंका गरिरहेका थिए। उनीहरूको त्यो आशंकालाई भारतीय टेलिभिजन च्यानलहरू, स्टार न्यूज, जी न्यूज, दूर्रदर्शन तथा अमेरिकी समाचार संस्था सीएनएन र बेलायती समाचार संस्था बीबीसीजस्ता विदेशी समाचार संस्थाहरूले बढाउने कार्य गरिरहेका थिए। जुन अहिले पनि चलिरहेको छ। तर अर्काथरि मानिसहरू यो घटना तत्कालीन युवराज श्री ५ दीपेन्द्रको कारण नभई अन्य राजनैतिक कारणले नै घटेको आशंका गरिरहेका छन्। उनीहरूले अहिले पनि आफ्नो आशंका ठीक भएको दाबी गर्न छाडेका छैनन्। यसो हुनुको मूल कारण सरकार र सरकारी संचार माध्यम नै प्रमुख दोषी छन्। किनभने सरकारले शुक्रबार राति ९.१५ मा घटेको घटनाको सूचनालाई झण्डै १६ घण्टासम्म रोक्यो। जसका कारण फेरि पनि राजधानीमा अनेकौं हल्लाले चलखेल गर्ने ठाउँ पायो। शंकैशंकाले घेरिएको राजधानी ‘प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई बालुवाटारमै नजरबन्द गरिएको रे।’ ‘सबै पार्टी प्रमुख नेताहरू आफ्नो निवास छोडेर गोप्य ठाउँमा भेला भएका छन् रे। त्यहींबाट राजनैतिक पार्टी नेताहरूले सामूहिकरुपमा घटनाको बारेमा प्रतिक्रिया दिने तयारी गरिरहेका छन् रे।’ ‘अधिराजकुमार ज्ञानेन्द्रलाई राजा घोषणा गरिसकियो रे।’ ‘सेनाले राजधानीका प्रमुख सबै नाकाहरू घेरिसक्यो रे। आज साँझबाटै संकटकालीन स्थितिको घोषणा हुँदै छ अरे।’ यस्तो रे र अरेको हल्ला शनिबार दिनभरि राजधानीको गल्लीगल्ली, चोकचोक र घरघरमा चलिरह्यो। वास्तविकता यस्तो होईन र पनि मानिसहरूले यस्तै र अरेका काल्पनिक दाबी तथा तर्क बितर्कहरूलाई पनि वास्तविकता नै ठानेका थिए भन्न सकिन्छ। यी सबै रे र अरे सम्पर्ूण्ारुपमा गलत हुन् भन्न सकिने स्थिति भने छैन। त्यस्तै रे र अरेकै कारण शनिबार राजधानी दिनभरि अनौठोसँग अशान्त रह्यो। मानिसहरू ‘केही हुने’ भयले दिनभर सन्त्रस्त रहे। यो सन्त्रस्तको वातावरण अहिले पनि पर्ूण्ारुपमा समाप्त भईसकेको छैन। हिजो, अस्तिदेखि राजधानीका विभिन्न ठाउँमा सशस्त्र प्रहरीहरू तैनाथ गरिएपछि जनमानसमा थप, भय र आतंक सिर्जना गरेको छ। फलस्वरुप मानिसहरूले एकाबिहानैदेखि दैनिक उपभोग्य वस्तुको जोरजाम गर्न थाले। त्यसैले गर्दा राजधानीमा मट्टतिेल, आलु प्याजजस्ता दैनिक उपभोग्य वस्तुहरूको हाहाकार मच्चियो। दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गर्ने कार्यमा व्यापारीहरू पनि निकै सक्रिय भएर लागे। सरकार आफ्नो दायित्वबाट पन्छदै जनतालाई घटनाबारे सुसूचित गराउने काममा लागेन। सूचना दबाउन खोजेको आरोप राजधानीका अधिकांश बासिन्दाहरूले मात्र नभएर संचारको सुविधा रहेका देशका प्रमुख शहरका बासिन्दाहरले त्यो दुखान्त घटनाको बारेमा थाहा पाईसकेका थिए। उनीहरूले बिहान ७ बजे सम्म विदेशी च्यानलहरू हेरेर घटनाको बारेमा जानकारी लिईरहेका थिए। प्रायः सबै जनताको विश्वास थियो कि सरकारले बिहान सात बजेको रेडियो नेपालको समाचार र सात पाँच बजेको नेपाल टेलिभिजनको समाचारबाट कमसेकम घटनाको सामान्य जानकारी दिनेछ। तर त्यसो भएन, सरकारको प्रमुख संचार माध्यमको रुपमा रहेको रेडियो र टेलिभिजनले नियमित रुपमा दिने समाचार बुलेटिनसमेत दिएनन्। नेपाली समाचार माध्यमबाट आधिकारिक रुपमा जानकारी खोजिरहेका जनता, सरकारी अधिकारीहरू विदेशी टिभी च्यानल हेरेर आफ्नो मनको छटपटीलाई शान्त पार्न भरथेग गरिरहेका थिए। तर विदेशी समाचार माध्यमबाट प्रसारित भईरहेका कतिपय विवादास्पद कुराहरूले गर्दा उनीहरूले ती समाचार माध्यमका सूचनाहरूलाई पनि पर्ूण्ा रुपमा विश्वास मान्न सकिरहेका थिएनन्। शनिबार दिउँसो १ बजे करिब १६ घण्टापछि मात्र सरकारले नेपाल टेलिभिजन र रेडियो नेपालबाट राष्ट्रलाई जानकारी गरायो। विश्व ईतिहासकै अत्यन्त ठूलो घटनाले जनतामा थप आक्रोश पैदा गर्यो र सरकारको गलत रवैयाको चौतर्फी आलोचना पनि भयो। आखिर सत्य कुरा सत्य नै हुन्छ भने जस्तो सरकारले १६ घण्टासम्म सूचना लुकाए पनि विदेशी समाचार माध्यमले दिएको समाचारलाई नै पुष्टि गर्ने काम सरकारले गर्यो जसले गर्दा सरकारी संचार माध्यमले फेरि पनि जनविश्वास गुमायो र विदेशीहरूले जे भने पनि पत्याउनु पर्ने स्थितिको सिर्जना गरायो। जसको कारण राजनधानीमा थप अन्यौलता छाएको छ। दर्ुघटनाहरू मध्येको एउटा घटनाको बारेमा सरकारले त्यति लामो समयसम्म जनतालाई कुनै जानकारी नदिएर सूचना दवाउन खोजेको आरोप र्सवसाधारणहरूले लगाईरहेका छन्। यो आरोपलाई गलत भन्न मिल्दैन। यसरी जनतालाई सुसूचित गनुपर्ने सामान्य दायित्वसमेत सरकारले पूरा नगरेपछि त्यसबाट पीडित भएका जनताले विदेशी रेडियो र टेलिभिजन च्यानलहरू हेरेर घटनाको बारेमा जनकारी लिनुपर्यो। राजधानीको मुटुमा, राष्ट्र प्रमुखको परिवारभित्रै सामुहिक हत्याकाण्डको घटना घटेको छ र त्यसबाट राष्ट्र प्रमुख लगायत परिवारका प्रायः सबैको ज्यान गएको छ, तर राजधानीबासी,हरू दरवारको वरिपरि नै घर भएकाहरूले पनि बासिङ्गटन, लण्डन र दिल्ली बम्वैका समाचार माध्यमहरूमार्फ घटनाको बारेमा जानकारी लिनुपर्ने हुन्छ भने त्यो भन्दा दुःखद र लाजमर्दो कुरा के हुन्छ - राजदरवारमा त्यो रात के भएको थियो - विश्व ईतिहासमै अत्यन्त डरलाग्दो र विभत्स घटनाको रुपमा शुक्रबार राति नारायणहिटी राजदरवारमा भएको हत्याकाण्डको वास्तविकता के हो - अहिले हरेक व्यक्तिले हरेक व्यक्तिलाई सोध्ने एउटा अनुत्तरित प्रश्न बन्न पुगको छ यो प्रश्न। सम्वद्ध सूत्रहरूले यो घटनाको पछाडि श्री ५ दीपेन्द्र र मौसूफकी मुमा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहबीचको आन्तरिक विवाद नै प्रमुख कारण रहेको बताईरहेका छन्। सूत्रहरूका अनुसार श्री ५ दीपेन्द्र देवयानी राणासँग विवाह गर्न चाहिबक्सथ्यो भने मौसूफकी मुमा श्री ५ ऐर्श्वर्य त्यो कुराप्रति असहमत होईबक्सन्थ्यो। श्री ५ ऐर्श्वर्यको चाहना आफ्नो बुहारी तथा भावी साम्राज्ञीको रुपमा राजदरवारभित्रै कार्यरत एक सैनिक कर्र्णोलको छोरीलाई श्री ५ दीपेन्द्रसँग विवाह गरिदिन ईच्छुक रहेको कुरा आईतबार प्रकाशित हुने एक साप्ताहिक अखबारले छापेको छ। सो अखबारका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँग श्री ५ दीपेन्द्रको केही वर्षगाडिदेखि नै राम्रो सम्बन्ध रहँदै आएको छ। गत वर्षअस्ट्रेलियाको सिड्नीमा भएको ओलम्पिक खेल हर्ेन जाँदा देवयानी राणा पनि श्री ५ दीपेन्द्रसँगसँगै गएकी थिईन्। त्यसपछि यताको समयमा दीपेन्द्र र राणाको सम्बन्ध ज्यादै घनिष्ट भएको बताईन्छ। अर्को एक सूत्रका अनुसार देवयानीसँग विवाह गर्ने आफ्नो चाहनालाई स्व. श्री ५ दीपेन्द्रले आफ्ना मातापितासँग गरिबक्सेको थियो। तर युवराजको प्रस्तावलाई राजपरिवारका अन्य सदस्यहरूले ठाडै अस्वीकार गरेका कारण विवाद अरु चर्केको थियो। सोही सूत्रका अनुसार घटना हुनुभन्दा केही दिनअगाडि स्व. श्री ५ वीरेन्द्रले देवयानीसँग विवाह गर्न आफू बाधक नहुने तर देवयानीलाई विवाह गरेमा आफूले निराजनलाई उत्तराधिकारी दिने कुरा गरिबक्सेको थियो। यो विषयमा बाबु छोराबीच चर्को विवादको सिर्जना नभए पनि एक आपसको कुरामा सहमत हुन नसकेको दाबी सो सूत्रको रहेको छ। देवयानी श्री ५ दीपेन्द्रभन्दा जेठी हुनु, राजनैतिक पार्टी नेताकी छोरी हुनु जस्ता विभिन्न कारणहरू देखाउँदै श्री ५ बडामहारानी ऐर्श्वर्यलगायत राजपरिवारका अन्य सदस्यहरू पनि श्री ५ दीपेन्द्रको रोजाईप्रति असहमति होईबक्स्यो। श्री ५ वीरेन्द्र पनि श्री ५ दीपेन्द्रको रोजाईप्रति असहमत भए पनि श्री ५ ऐर्श्वर्यले जस्तै ठाडै विरोध भने नगरिबक्सेको बताईन्छ। त्यही विषयमा श्री ५ दीपेन्द्रको ठाडो असहमति आफ्नी मुमा श्री ५ बडामहारानी ऐर्श्वर्यसँग रहँदै आएको थियो। त्यसैक्रममा शुक्रबार साँझ पनि दरबारको त्रिभुवन सदनमा भएको एउटा पारिवारिक जमघटमा विवाहको प्रसंग उठेको बताईन्छ। सम्बद्ध सूत्रका अनुसार श्री ५ दीपेन्द्रको विवाहको प्रसंग उठेपछि श्री ५ बडामहारानीले भावी महारानी आफूले रोजेको कन्या हुनुपर्ने पुरानो अडानलाई दोहोर्याईबक्सेको थियो। तर श्री ५ दीपेन्द्रले भने आफ्नी मुमाको भनाईप्रति असहमति जनाईबक्सेको थियो। त्यही क्रममा आमा-छोराबीच विवाद हुन पुगेको थियो। विवादको क्रममा त्यहाँ उपस्थित श्री ५ वीरेन्द्रलगायत प्रायः सबैले श्री ५ ऐर्श्वर्यको भनाईप्रति सहमति जनाएको दाबी सूत्रहरूको रहेको छ। बताईएअनुसार श्री ५ दीपेन्द्रले सबैभन्दा बढी स्नेह श्री ५ अधिराजकुमारी श्रुतीलाई गरिबक्सन्थ्यो र दाजुबहिनीको सम्बन्ध ज्यादै प्रगाढ रहेको थियो। त्यही कारण श्री ५ दीपेन्द्रले आफ्नो प्रस्तावलाई अरुले नस्वीकारे पनि बहिनी श्रुतीले र्समर्थन गर्ने र उहाँमार्फ् मुमा ऐर्श्वर्यलाई सहमत बनाउन सक्ने विश्वासमा होईबक्सन्थ्यो, तर शुक्रबार भएको सो विवादको क्रममा अधिराजकुमारी श्रुतीले पनि आफ्नो दाजुलाई साथ नदिई मुमालाई साथ दिएपछि श्री ५ दीपेन्द्र आवेशमा आएको दाबी गरिएको छ। सम्बद्ध अधिकारीहरूका अनुसार विवादकै क्रममा श्री ५ बडामहारानीले आफ्ना जेष्ठ सुपुत्र श्री ५ दीपेन्द्रले आफूहरूले भनेको कन्यासँग विवाह नगरेमा मौसूफलाई युवराजाधिराजबाट हर्टाई श्री ५ अधिराजकुमार निराजनलाई श्री ५ वीरेन्द्रको उत्तराधिकारी बनाउने चेतावनी दिईबक्सेको थियो। यसबाट श्री ५ दीपेन्द्रको आक्रोश निकै बढेको बताईन्छ। सीएनएन, बीबीसीलगायत विदेशी संचार माधयमहरूका अनुसार यसरी अचानक आवेशमा आईबक्सेका श्री ५ दीपेन्द्र सरकार त्यो पारिवारिक जमघटबाट बाहिर निस्केर अर्को कोठामा गईबक्सेको थियो। त्यसको केही समयपछि स्वचालित राईफल लिएर पुनः त्यो कोठामा प्रवेश गरिबक्सेका श्री ५ दीपेन्द्रले अनायास आफ्ना बुबामाथि गोली चलाईबक्सेको र त्यो छुटयाउन जाँदा श्री ५ अधिराजकुमार निराजनलगायत राजपरिवारका अन्य सदस्यको दुखान्त मृत्यु भएको बताईन्छ। त्यसपछि श्री ५ दीपेन्द्रले आफैंलाई गोली प्रहार गरेको बताईन्छ। अहिले नेपालको ईतिहासलाई नै कलंकित पार्ने जुन घटना घटेको छ, त्यो निश्चय पनि ज्यादै विभत्स हत्याकाण्ड हो। यो काण्डका बारेमा अहिले जसरी यो वा त्यो कोणबाट प्रश्न उठिरहेको छ, जसरी अडकलबाजी काटिंदै छ, वास्तविकता त्यो हुन पनि सक्छ र नहुन पनि सक्छ। ईतिहासमा यसअघि घटेका घटनाहरूले पनि त्यो शंका उत्पन्न गराउने कार्यलाई भरथेग गरेका छन्। तर यो घटनाको वास्तविकता जे भए पनि त्यो र्सार्वजनिक हुनुपर्छ र सधैंभरि यो वा त्यो कोणले प्रश्नहरू जन्मन सक्ने कुराको अन्त्य गरिनुपर्छ। [हत्याकाण्डका बेला पत्रपत्रिकाहरुले के कस्ता सामाग्री छापेका थिए, त्यसको स्मरणका लागि यो लेख जुन ५, २००१ को दृष्टि साप्ताहिकबाट साभार गरिएको हो]
घटनाको दिन शुक्रबार दीपेन्द्रले अपराह्न सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्क्वास कोर्ट र सुटिङ रेन्जको निरीक्षण गरेका थिए। राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा त्यसको तयारी निरीक्षण गर्न गएका थिए उनी। यहाँ प्रस्तुत छ त्यो दिन कान्तिपुरमा छापिएको राजदरबारमा वीभत्स हत्याकाण्ड शीर्षकको प्रमुख समाचारका केही अंश- प्राप्त एक जानकारीअनुसार राजदरबारको कास्की बैठकमा आयोजित रात्रिभोज नसकी आधा घन्टामा मौसुफ सबैलाई शुभरात्रिको सम्बोधन गरी आङ्खनो कक्षतिर फर्किबक्सेको थियो तर त्यसको करिब डेढ घन्टापछि ‘कम्ब्याट’ पहिरनमा फर्की आफूसूग रहेका पिस्तोल र एचके गनले त्यहाँ उपस्थित श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानीलगायत सबैलाई प्रहार गरिबक्सेको थियो। प्रहारको पहिलो निसाना मौसुफका आङ्खनै बुवा श्री ५ महाराजाधिराज र अन्तिम निसाना आङ्खनै माता श्री ५ बडामहारानी होइबक्सेको सूत्रको दाबी छ। प्रायः सबैको अनुहारमा गोली लागेको छ। केही सेकेन्डमा सबैलाई सिध्याउने गरी भएको त्यस अकल्पनीय सांघातिक आक्रमणका क्रममा त्यहाू उपस्थितमध्ये शाहज्यादा पारस शाह र पर्ूवअधिराजकुमार धीरेन्द्रका ज्वाइू डा. राजीव शाही मात्र सकुशल रहन सफल भएको जानकारी एक सूत्रले दिएको छ। यद्यपि युवराजाधिराज दीपेन्द्रबाटै एक्कासि प्राणघातक हमला भएको भन्ने दाबीको पूष्टि गर्ने आधार कसैले दिन सकेको छैन। सबैको तत्काल प्राण लिन सक्ने सांघातिक प्रहार सकेपछि श्री ५ युवराजाधिराज दीपेन्द्रले आफैले आफूमाथि गोली प्रहार गरिबक्सेको सूत्रहरूले दाबी गरेका छन्। एक अर्को सूत्रका अनुसार आङ्खनो विवाहसम्बन्धी विवादका कारण श्री ५ बडामहारानी र राजपरिवारका अन्य सदस्यसूग असन्तुष्ट श्री ५ युवराजाधिराजले त्यस किसिमको अत्यन्त असामान्य व्यवहार देखाइबक्सेको थियो। अर्को सूत्रका अनुसार मौसुफले मदिरापान पनि गरिबक्सेको थिएन र अघिल्ला दिनहरूजस्तो विवाहका बारेमा छलफल गरिबक्सेको थिएन, बरु त्यही दिन केही घन्टाअघि त्यसबारे छलफलमा भाग लिइबक्सेको थियो। विवाह र बेहुलीबारे गत केही वर्षेखि मौसुफ र मौसुफका राजपरिवारमा असहमति देखिूदै आएको थियो। मौसुफ सामान्य रूपमा प्रस्तुत होइबक्से पनि रात्रिभोजमा फर्किंदा अत्यन्त असाधारण रवैया दर्सर्ााक्सेको थियो। राजदरबारमा भएको त्यस मर्मान्त र त्रासदीपर्ूण्ा घटनाको लगत्तै सबैलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको थियो। श्री ५ अधिराजकुमार ज्ञानेन्द्र भने शुक्रबार बिहान हेलिकप्टरबाट चितवनको कसरामा पर्ूवनिर्धारित कार्यक्रममा सरिक होइबक्सी पोखरास्थित रत्नमन्दिरमा रात्रि विश्रामका लागि सवारी होइबक्सेको थियो। मौसुफको फिर्ती सवारीका लागि राति नै सेनाका रात्रि हेलिकप्टर उड्न थालेका थिए तर पोखरामा प्रतिकूल मौसमका कारण मौसुफ गाडीबाट पृथ्वी राजमार्गको गजुरीस्थित सैनिक ब्यारेकसम्म सवारी भएपछि सोही ठाउूबाट हेलिकप्टरले शनिबार बिहान सवा पाूच बजे राजधानीस्थित छाउनी अस्पताल अवतरण गराएको थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई घटनाका बारेमा करिब मध्यरातमा राजदरबार सचिव पशुपतिभक्त महर्जनले बालुवाटारमा जानकारी गराएपछि प्रधानमन्त्री राति एक बजे महर्जनसूगै मौसुफ सरकारहरूको दर्शनका लागि सैनिक अस्पताल छाउनी पुग्नुभएको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि शनिबार बिहान छाउनी अस्पतालमा भएको थियो। श्री ५ वीरेन्द्रको स्वर्गारोहणपछि युवराजाधिराज दीपेन्द्रलाई श्री ५ महाराजाधिराज र श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक घोषित गर्न राजपरिषद्को बैठक बिहानदेखिको प्रयत्नमा दिउूसो एक बजेका लागि सारिएको थियो। समितिको बैठक बस्नुअघि सभापति डा. रायमाझीको बहादुर भवनस्थित कार्यकक्षमा दर्ुइ घन्टा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता माधवकुमार नेपाल र पर्ूवप्रधानमन्त्रीहरू र्सर्ूयबहादुर थापा, कर्ीर्तिनिधि बिष्ट र मरीचमान सिंहबीच अनौपचारिक छलफल भएको थियो। त्यसपछि राजपरिषद् स्थायी समितिको बैठक आधा घन्टा बसेको थियो। समितिको घोषणा नभएसम्म सरकारी विद्युतीय सञ्चार माध्यमले कुनै पनि समाचार बुलेटिन प्रसारण गरेका थिएनन्। परम्पराअनुसार, र्स्वर्गवासी महाराजाधिराजका उत्तराधिकारी श्री ५ महाराजाधिराजले हनुमानढोका राजदरबारमा रहेको सिंहासनमा राज भएपछि मात्र र्स्वर्गवासी महाराजाधिराजको अन्तिम संस्कारको तयारी हुने गर्दथ्यो। राजदरबारमा हत्याकाण्डको लगत्तै राजधानीवासीहरू नवनियुक्त श्री ५ महाराजाधिराजको दर्शनका निम्ति हनुमानढोका क्षेत्रमा एकत्रित भएका थिए। हनुमानढोकाभित्र समेत पुगेर पूजार्-अर्चना गर्न पाउने र्सवसाधारणलाई त्यहां सुरक्षार्थ खटिएका शाही नेपाली सेनाले रोक लगाएका थिए। रेडियो नेपालबाट श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव गद्दिनसीन होइबक्सेको र मौसुफ शुक्रबार राजदरबारमा आफैले हानिबक्सेको गोलीबाट अशक्त अवस्थामा अस्पतालमा रहिबक्सेका कारण राज्य सहायकमा मौसुफका काका तथा र्स्वर्गवासी श्री ५ महाराजाधिराजका भाइ श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई तोकिएको समाचार प्रसारणपछि हनुमानढोका क्षेत्रका बासिन्दाको उत्सुकता समाप्त भएको थियो। राजदरबारमा रहेको समारोह प्रबन्ध फाूटले सेनाको ट्रकमा सामान ओसार्ने तयारी गरिरहेको थियो। राजपरिषद्को बैठकपछि तत्कालै राज्यारोहणको समारोह हुने स्थानीय वयोवृद्धहरूको अनुमान थियो। समितिको भवनअगाडि कान्तिपथमा एकत्रित जनसमूहले ‘हाम्रा राजा प्राणभन्दा प्यारा छन्’ भन्ने नारा लगाइरहेको थियो। मौसुफ सरकारहरूको असामयिक निधनले शोकग्रस्त जनसमूह रत्नपार्कदेखि राजदरबार परिसर नजिकसम्म एकत्रित भई घटनाका बारेमा जान्न अत्यन्त व्यग्र थियो। छाउनी अस्पताल परिसरअगाडि त्यत्तिकै जनसमूह एकत्रित थियो। समितिका सभापति डा. रायमाझीको घोषणा विद्युतीय सञ्चार माध्यमबाट सुनेपछि त्यहाू उपस्थित जनसमूहले नकारात्मक प्रतिक्रिया जनाएको थियो। राजपरिवारमा भएको यस भयानक घटनाले शोकाकुल देशवासी राजधानीमा मात्र नभई अधिराज्यका कुनाकुनाबाट जानकारीका लागि अधर्ैय बनेका थिए। राजधानीका सडक र चोक जहीूतहीू नागरिकहरू झुरुम्म भई त्यस दर्ुदान्त घटनाबारे बुझ्न व्याकुल देखिन्थे। घटनाका बारेमा सीएनएन र बीबीसीजस्ता विश्व सञ्चार माध्यमले बिहान चार बजेदेखि नै निरन्तर रूपमा राजदरबारमा भएको ठूलो हत्याकाण्डबारे प्रसारण गरिरहेका थिए। रेडियो नेपाल र नेपाल टेलिभिजनले बिहानदेखि कुनै पनि समाचार बुलेटिन प्रसारण नगरी भजन र धुन मात्र प्रसारण गरेका थिए। राजपरिषद्ले घोषणा गर्नुअघिसम्म कुनै निकायले पनि औपचारिक रूपमा कुनै जानकारी दिएनन्। स्थायी समितिको घोषणापछि पनि राजधानीका विभिन्न ठाउूमा विभिन्न खाले जुलुस र नाराबाजी भइरहेका छन्। र्सवसाधारणमा घटनाप्रति आक्रोश र कौतूहल व्याप्त देखिन्छ। घटना भएको केही बेरपछि नै राजधानीका विभिन्न केन्द्र र व्यक्तिमा प्रवाहित अपुष्ट सूचनाले राजधानीलाई भयग्रस्त बनाएको थियो। बिहानदेखि नै र्सवसाधारण कर्फ्र्यू लाग्ने आशंकाले त्रसित थिए भने सडक बजारमा खल्लोपन र सुस्तता छाएको थियो। कुनै ठूलो अनिष्टको आशंकाले र्सवसाधारण भयभीत देखिन्थे। उपभोग्य सामग्रीहरू सञ्चित गर्ने प्रवृत्तिले बिहान सबेरैदेखि खाद्यान्न र इन्धन पसलहरूमा घुइँचो लागेको थियो।



This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free